सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

१६औँ मनमोहन स्मृति फुटबल: आज सेमिफाइनलका खेल

बुटवल । बुटवलमा जारी १६औँ मनमोहन स्मृति वडा स्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०७८ मा सेमिफाइनल खेल खेल्न अन्तिम चार टिमको टुङ्गो लागेको छ । 

बिहीबार भएको अन्तिम क्वाटर फाइनलमा वडा नम्बर ८ ले वडा नम्बर १९ माथि १-० गोल अन्तरको जित निकालेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा सङ्घ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटर फाइनल खेलमा वडा नम्बर ८ को जितमा मनोज गुरुङले खेलको १२औँ मिनेटमा एक मात्र गोल गरेका थिए । खेलमा वडा नम्बर १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताउनुभयो । 

युवालाई खेलमार्फत भ्रातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताउनुभयो। आज पहिलो सेमिफाइनल खेल वडा नम्बर ११ र १७ का बीचमा हुने छ भने शनिवार दोस्रो सेमिफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर ७ को सामना गर्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : २३ बजे