नवनियुक्त तीन एआईजीले लगाए फूली

काठमाडौं । नेपाल प्रहरीका तीन जना नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले दर्ज्यानी चिन्ह (फूली) लगाएका छन् ।

प्रहरी महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीले बिहिबार प्रहरी प्रधान कार्यालयमा (एआईजी) मा बढुवा भएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन् ।

बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा निर्णय गरेको थियो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

उता तीन जना नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक  विरुद्घ सर्वोच्व अदालतमा मुद्दा दर्ता भएको छ । 

बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको हो । 

असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले विहीबार रिट दर्ता गराउनुभएको हो । 
उहाँहरुले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशसमेत माग्नुभएको छ । 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ४ : ५७ बजे