एमालेको चुनावी नारा चोर्नेमा कांग्रेस पहिलो, माओवादी दोश्रो

काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकिए सँगै राजनीतिक दलहरु बीच प्रतिस्पर्धा सुरु भएको छ । यस पटकको निर्वाचनमा नेकपा एमाले एक्लै चुनाव लड्दै छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा र जसपा सहितको गठबन्धन एमाले विरुद्ध लड्दै छन् ।

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले प्रचार सामाग्री बनाएर निर्वाचनमा होमिएसँगै नेपाली कांग्रेस पनि तातिएको छ । नेपाली कांग्रेसले एमालेकै नारा चोरेर आफ्नो नारा भन्दै प्रचार प्रसारमा उत्रिएको छ । एमालेको नारा चोर्नेमा हिजो सम्म नेपाली कांग्रेस थियो भने आजबाटनेकपा माओवादी केन्द्र पनि त्यसमा  थपिएको छ ।

“मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ” भन्ने नेकपा एमालेको नारा नेपाली कांग्रेस पछि माओवादी केन्द्रले समेत अहिले उस्तै उस्तै बताएका छन् ।

 सामाजिक सञ्जालमा एमालेले १ हप्ता अघि “मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ” भन्दै प्रचार अभियान सुरु गरेको थियो । 

“मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ” नारालाइ हुबहु चाेर्नुले  कांग्रेस र माओवादीकाे दयनीय अवस्था पुष्टि भएको समाजिक संजालमा चर्चा छ ।  

पछिल्लो निर्वाचनमा समेत कांग्रेसले एमालेकै घोषणापत्रबाट चोरेर अन्तिम समयमा रेल र पानीजहाज सञ्चालन गर्ने आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको थियो । 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ०९ बजे