१० वर्षभित्र नेपाललाई एसियाको सम्पन्न देश बनाउने लक्ष्यमा छौँ : मन्त्री कार्की 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्ष भित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ । 

रिपोर्टस क्लब नेपालको २४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । 

सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुहुँदै उहाँले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभयो । 

नागरिकका अधिकार संविधानबाट सुनिश्चित गरिसकेको भन्नुहुँदै उहाँले अब देशको विकास र समृद्धितर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १२ : ०९ बजे