पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव आज एमालेमा प्रवेश गर्दै 

काठमाडौँ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने हुनुभएको छ ।  

पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव आचार्यलाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली कालिकोट पुग्नुभएको छ  । 

कालिकोटको म्यान्ममा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममार्फत अध्यक्ष ओलीले माओवादी, काँग्रेसका नेताहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

अध्यक्ष ओलीले दैलेखको दुल्लु, जुम्लाको सिञ्जामा पनि पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : ५५ बजे