गोरखापत्रको महाप्रबन्धकमा ऐरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा खड्का नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले  श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्का नियुक्त  गरेको छ । नेपाल पत्रकार महासङ्घका पूर्व सचिव खड्का प्रेस सेन्टरमा आबद्ध हुनुहुन्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : ३८ बजे