साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि काठमाडौँमा हुँदै

काठमाडौँ । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि काठमाडौँमा हुँदै छ । 

चैत २१ गते सम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।

निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । “५५ देशका ५ सय चलचित्रबाट छानिएका चलचित्र पक्कै पनि राम्रा होलान् भन्ने लाग्छ”, उहाँले भन्नुभयो, “त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हो ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : ०३ बजे