सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

टेबल टेनिसमा राजन च्याम्पियन

काठमाडौँ । नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा  च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३–१ ले पराजित गरे ।

राजनले पहिलो सेट ११–१३ ले गुमाए पनि त्यसपछिका ३ सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बने । राजनले दोस्रो सेटमा १२–१०, तेस्रोमा ११–७ र चौथोमा ११–४ को प्रदर्शन गरे ।

आयोजक ललितपुर टेबल टेनिस क्लबका प्रकाश धाख्वा र एनिजका कपुर शर्मा तेस्रो भएका छन् ।

सम्झना ल्याबको प्रमुख प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा इन्डियन मास्टर्सले भारतको अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१, भारतको जेकेजीले नेपाल प्रहरी क्लबलाई ३–१, नेपाल आर्मीले भारतको बैङ्क अफ बरोडालाई ३-० तथा नेपाल एपीएफ क्लबले एजीए ‘बी’ लाई ३-२ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष सिंगल्सको समूह चरणको खेल जारी छ भने महिला सिंगल्सको लिग चरणका खेल पनि सुरु भएका छन् । महिला सिंगल्समा ३८ खेलाडी सहभागी छन् । लिगबाट ८ खेलाडी नकआउट चारणमा प्रवेश गर्नेछन् ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : १८ बजे