सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

‘चारै खेल जितेर उपाधि हात पार्ने योजना छ’, : लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ ।

‘सबैले राम्रो खेलेर जित निस्कियो । चारै खेल जितेर फाइनल जित्ने योजना छ । अझै पनि हामी फाइनल पुगेको छैनौं । अझै एक खेल बाँकी छ । आज बलरलाई क्रेडिट जान्छ । पहिलो बलमै विकेट लिनु राम्रो हो,’ लामिछानेले भने ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको हो ।
मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ४ : १८ बजे