दुई मिनेट बसेर स्थगित भयो मधेस प्रदेश सभाको बैठक

काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।

सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ५० बजे