दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

खलङ्गा । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

    उहाँले यहाँका आठवटै स्थानीय तहका १९ महिनादेखि माथि र १५ वर्षमुनिका ती बालबालिकालाई टाइफाइडविरुद्धको  खोप लगाइने उहाँले बताउनुभयो । खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पु¥याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ । 

    टाइफाइड दूषित पानी र खानेकुराबाटै सङ्क्रमण हुने रोग हो । चैत÷वैशाखमा धुलोधुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई बचाउनका लागि खोप अभियान चलाउने तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १९१ को खोप टोली परिचालन गरिनेछ । 

    जिल्लामा आव २०७५/७६ मा ९७८, आव २०७६/७७ मा एक हजार १५८, आव २०७७/७८ मा ८७९ र चालु आवको आठ महिनामा ५९२ जना गरी चार वर्षमा जिल्लाका तीन हजार ५९७ नागरिक टाइफाइडका बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १ : १० बजे