अध्यक्ष ओलीद्वारा सूर्यविनायक तरकारी बजारको उद्घाटन

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ उद्घाटन गर्नुभएको छ ।

दुई अर्बको लगानीमा झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको बजार क्षेत्रमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेताहरु महेश बस्नेत, एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईँलगायतको उपस्थिति थियो ।

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १ : ०७ बजे