अनेमसंघद्वारा निर्वाचनको घोषणा पत्रका लागि सुझाव सङ्कलन सम्बन्धि छलफल

​​​​​​​​​​​​​​काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ)ले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणा पत्रको लागि सुझाव सङ्कलनको लागि छलफल कार्यक्रमको आयोजना गरेको छ ।

अनेमसंघले नयाँ बानेस्वरस्थित अल्फा हाउसमा स्थानीय तहको निर्वाचनको घोषणा पत्रको लागि सुझाव सङ्कलनको लागि छलफल कार्यक्रमको आयोजना गरेको अनेमसंघ सचिवालय सदस्य एवम् पार्टी केन्द्रीय सदस्य पेम्बा लामाले जानकारी दिनुभयो । 

​​​​​​​

कार्यक्रममा पार्टीले आगामी स्थानीय तह निर्वाचनमा रोजगारी, एक विद्यालय एक नर्स कार्यक्रममा महिला हिंसाविरुद्ध एकीकृत कानुन र कार्यान्वयन, कृषिको यान्त्रिकीकरणमा जोड, एकीकृत बस्ती विकास कार्यक्रम, समाजवाद उन्मुख महिला सशक्तीकरण, स्थानीय बस्तु उत्पादन, उपभोग तथा बजारीकरण, महिला उत्थान नमुना ग्राम कार्यक्रमलगायत विषयवस्तु समेट्नुपर्ने जस्ता सझावहरु आएको उहाँले जानकारी दिनुभयो । 

छलफलमा आएका सुझावहरूलाई अनेमसंघले विषयगत रूपमा पार्टीले गठन गरेको सुझाव सङ्कलन समितिलाई बुझाइने सचिवालय सदस्य लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेमसंघका संयोजक थममाया थापा, इन्चार्ज सिता पौडेल, सह-संयोजक रुक्मिणी राना, पूर्व इन्चार्ज गोमा देवकोटा, सचिव सुजिता शाक्य, सुझाव सङ्कलन समितिका सदस्य प्रभा बराल, विभिन्न प्रदेशका नेता तथा विज्ञहरूको उपस्थिति रहेको थियो  ।

कार्यक्रममा पार्टीले गठन गरेको सुझाव सङ्कलन समितिका सदस्य प्रभा बरालले  सुझावलाई  सङ्कलनका बारे आफ्नो भनाई राख्नुभएको थियो । 

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : ३७ बजे