पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौँ । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप–२०२२ छनोट भएका छन् ।

मङ्गलवार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको  पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे ।

३२औँ मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औँ मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपमा स्थान दिलाए ।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० अन्तरले हराउँदै विश्वकपमा स्थान पक्का गर्‍यो । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १–१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा ५औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे । ७२औँ मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ३३ बजे