काँग्रेसले सत्ताघटकसँग आवश्यकता हेरेर गठबन्धन गर्ने

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ताघटकसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकले स्थानीय अवस्था र आवश्यकता हेरे अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकले उपसभापति पूर्णबहादुर खड्ककाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ५६ बजे