एमाले प्रवेश गर्दै पूर्वमुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव चार सय कार्यकर्ता

कार्णाली । नेकपा एमालेमा यति बेला प्रभाबशालि ब्यक्ति प्रबेशको लर्को नै लागेको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने हुनुभएको छ । 

माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एव कर्णाली विकास आयोगका सदस्य समेत रहनुभएका आचार्य एमाले प्रवेश गर्न लाग्नुभएको हो । 
उहाँ यही चैत १७ गते कालिकोटमा आयोजना कार्यक्रममा  एमाले प्रवेश गर्ने तयारी छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने  छ  ।

अध्यक्ष ओलीले करिब चार सय जनालाई एमाले प्रवेश गराउने कार्यक्रम  छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : १२ बजे