‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

उद्योगहरुमा सोमबारदेखि १४ घन्टा लोडसेडिङ

मोरङ । नेपालका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ। उद्योगीले सोमबारदेखि १४ घन्टा लोडसेडिङको मार खेप्न परेको हो । 

भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको हो । 
‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छने प्राधिकरणका कर्मचारीहरु बताउँछन् । सरकारले औपचारिक रूपमा भने अहिलेसम्म लोडसेडिङ घोषणा भनेर लोडसेडिङ गरेको छैन।

चुुनाव आइरहेको छ। यस्तो बेलामा घरमा पनि लोडसेडिङ भयो भने त नेताहरूलाई जनताले कुट्छन्। त्यसो भएको हुनाले घरमा लोडसेडिङ हुन दिन नहुने दबाब भएकाले उद्योगमा मात्र लाइन काटिएको कर्मचारीहरु बताउँछन् । 
केही दिनअघि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले उद्योगहरुमा पुगेर चाहिएजति विद्युत दिने प्रतिवद्धता जनाएका थिए । उद्योगीहरुले भने कुलमानले उर्जाको वास्तविक अवस्थाका बारेमा जनतालाई गुमराहमा राख्न खोजेको बताउछन् । 
लोडसेड्रि हुँदैन भनेर भाषण दिएका कुलमान यत्तिखेर भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर उद्योगहरुमा दैनिक १४ घण्टासम्म विद्युत कटौती गरिरहेका छन् । 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ३२ बजे