सर्लाहीमा करिब पाँच लाख मतदाता

सर्लाही । जिल्लामा मतदाताको सङ्ख्या चार लाख ७४ हजार ४३९  पुगेको छ । तीमध्ये पुरुष  दुई लाख ५७ हजार १३८ र महिला मतदाता दुई लाख १७ हजार २९२  रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  निर्वाचन अधिकृत दिवाकर भुजेलका अनुसार यसैगरी अन्य नौजना मतदाता रहेका छन् । 

जिल्लाको  पालिकामा मतदानस्थल सङ्ख्या ३१८ र जम्मा मतदान केन्द्र सङ्ख्या ५९९ कायम रहेको उहाँले बताउनुभयो ।  सबैभन्दा बढी बरहथवा नगरपालिका र सबैभन्दा कम पर्सा गाउँपालिकामा मतदाता सङ्ख्या रहेको छ ।

ती स्थानीय तहमा क्रमशः ४३ हजार २०२ र १२ हजार ५२७ मतदाता सङ्ख्या रहेको कार्यालयले जनाएको छ । जिल्लाका सुरक्षा अधिकारीहरुले मतदानस्थल र केन्द्रहरुको स्थलगत अनुगमनसमेत गरेका  प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।  सबैभन्दा धेरै स्थानीय निकाय जिल्लामा छन् । रासस

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : १९ बजे