‘एउटै नाउरको सिकार गर्न २३ लाख’

निर्वाचनका लागि सङ्गठित हुँदै कञ्चनपुरका एकल महिला

कञ्चनपुर ।  सेवासुविधामा पहुँच पुग्न नसकेपछि जिल्लाका एकल महिलाहरुले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न सङ्गठित भएका छन् । स्थानीय तहबाट पाउने सेवासुविधामा पहुँच पु¥याउनका लागि एकल महिलाहरु सङ्गठित भई उम्मेदवार बन्ने इच्छा जाहेर गरेका हुन् । 

    मानव अधिकारका लागि एकल महिला समूह गठन गरी एकल महिलाहरु सङ्गठित भएका छन् । समूहको सञ्जाल नौवटै स्थानीय तहमा पु¥याएका छन् । एकल महिलाले राजीतिक दलहरुमा आबद्ध भएर आउँदो स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि दाबी पेस गर्न थालेका छन् । एकल महिला समूहका शुक्लाफाँटा नगरस्तरीय सञ्जालका अध्यक्ष शान्ता धामीले स्थानीय तहबाट पाइने सेवासुविधामा एकल महिलाको पहुँचमा पुग्न नसक्दा सङ्गठित भएर चुनावमा उम्मेदवार बन्न लागेको बताउनुभयो । 

    “स्थानीय तहको निर्वाचनमा एकल महिलालाई वडा सदस्यदेखि अध्यक्षसम्म समावेश गर्नुपर्छ भनेर राजनीतिक दलहरुलाई दबाब दिने कार्यमा लागेका छौँ,” उहाँले भन्नुभयो, “जनजाति, दलित, महिलालाई निर्वाचनमा उम्मेदवारी दिन अनिवार्य गरिए झँै एकल महिलालाई समेत उम्मेदवार बनाउनुपर्छ भनिरहेका छौँ, अहिलेसम्म राजनीतिक दलका नेतृत्वकर्ताहरुले यस कुरालाई सकारात्मक रुपमा लिएका छन् । उम्मेदवार बनाउँछन् /बनाउँदैनन् त्यो भने हेर्न बाँकी छ ।” 

    उहाँले भन्नुभयो, “नगरपालिका क्षेत्रमै तीन हजारभन्दा बढी एकल महिला छौँ । सबै जना एकबद्ध भएका छौँ । निर्वाचनमा निर्णायक पनि हौँ । उम्मेदवार नबनाइए निर्वाचनको नतिजालाई फेर्न सक्छौँ ।” “स्थानीय तहमा एकल महिलाका लागि के कार्यक्रम हुन्छ । थाहा हुँदैन । सूचना माग्दासमेत बेवास्ता गरिन्छ । तपाईंलाई के चाहियो भनेर फर्काइन्छ । बजेट विनियोजन हुँदैन,” एकल महिला पार्वती लुहारले भन्नुभयो, “विगतमा मतदाताका रुपमा मतदान गर्दै आएका थियौँ । अब उम्मेदवार बनेर अधिकारको लडाइँ लड्छौँ ।” वडाध्यक्षमा आफ्नो दाबी रहेको उहाँले बताउनुभयो ।

    “द्वन्द्वका क्रममा श्रीमान् बेपत्ता बनाइएका, द्वन्द्वका क्रममै श्रीमान् गुमाएका पीडित महिलाको आवाजसमेत कसैले सुनेन् देवकी ऐरले भन्नुभयो, “पीडित महिलाहरुको अवस्था के छ । कुन अवस्थामा बाँचेका छन् । कसैले अहिलेसम्म हेरेको छैन । स्थानीय तहमा जनप्रतिनिधि आएर पाँच वर्ष बिताए । वास्ता गरिएन । त्यसैले आफ्नो अधिकारका लागि आफैँ लड्नका लागि एकबद्ध भएर अगाडि सर्न थालेका छौँ ।” “बच्चालाई भोक लागे रोएपछि मात्रै आमाले दूध दिन्छन् । त्यसै अनुसार हक अधिकारको लडाइँ लड्नका लागि आफँैबाटै अग्रसरता देखाउनुपर्ने अवस्था आएको छ,” मञ्जु शाहीले भन्नुभयो, “अधिकार माग्दैछौँ । नदिए खोस्न पनि जान्दछौँ । यसका लागि राजनीतिक दलहरुलाई खबरदारी गर्नमा समेत जुटेका छौँ ।”

    एकल अपाङ्गता भएका महिला देवकीदेवी भट्ट चुनाव आउन लागेपछि उम्मेदवारहरु घर बस्तीमा पुगेर खुट्टा ढोग्न पछि नपर्ने गरेको बताउनुहुन्छ । “चुनावका बेला खुट्टा ढोग्ने नेताहरु चुनाव जितेर गएपछि चिन्न नै छोड्ने गरेका छन्,” उहाँले भन्नुभयो, “एकल महिलाले पाउनुपर्ने भत्ताको रकमसमेत धेरैले पाउँदैनन् । कागजात जुटाउन नसक्दा धेरै भत्ताबाट वञ्चित छन् । जनप्रतिनिधिसँग गुनासो राख्दा कुरा नै सुन्नुहुन्न । कहिले यो कागज पुगेन । त्यो पुगेन भनेर फर्काउने गर्नुहुन्छ । अरू सुविधा पाउनु त परको कुरा हो ।”

    मानव अधिकारका लागि एकल महिला समूह कञ्चनपुरका उपाध्यक्ष जयन्ती पन्त महिला भएपछि पीडा नै पीडा र अभावै अभावमा बाँचेको बताउनुहुन्छ । त्यहीमाथि एकल महिला भएर बाँच्नु निकै चुनौतीको समाना गर्नुपर्ने उहाँले  बताउनुभयो । “एकल महिला पीडा लुकाएर पनि समाजका अगाडि हाँसेका छन्,” उहाँले भन्नुभयो, “सामाजिक रुपमा एकल महिला भएपछि नानाथरी कुरा गरिन्छ । अधिकारबाट वञ्चित गरिन्छ । यिनै कुराहरुविरुद्ध एकजुट भएर सङ्गठित भएर लाग्नु परेको छ । राजनीतिक दलमा आबद्ध भएर अधिकार स्थापित गर्नका लागि एकजुट भएका छौँ । एकता नै बल हो भन्छन् यसमा सफल हुन्छौँ ।” रासस

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ११ बजे