‘एउटै नाउरको सिकार गर्न २३ लाख’

टुहुरा बालबालिकालाई आर्थिक सहयोग

दार्चुला। नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र  टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । आमाबुबा गुमाएका ५४ बालबालिकालाई रु १० हजारका दरले सहयोग उपलब्ध गराइएको हो ।

टुहुरा एवम् अशक्त बालबालिकाका लागि आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणसम्बन्धी कार्यविधि २०७८ निर्माण गरी सहयोग रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

टुहुरा बालबालिकाको गाँस, बास र कपासका साथै  आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन कार्यविधि बनाएर यो कार्यक्रम लागू गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कानुनी जटिलताका कारण यो कार्यक्रम अघि बढाउन तीन वर्ष ढिलो भयो । कार्यविधि निर्माण भइसकेकाले अब यो कार्यक्रम निरन्तर चालु रहने छ ।” 

चालु आर्थिक वर्षमा कार्यक्रम शुभारम्भ गरिएको र आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्रको सुरुमै मासिकरुपमा अभिभावकका बैंक खातामार्फत रकम भुक्तानी गर्ने तयारी गरिएको छ ।

भेटेरिनरी प्रयोगशाला गाउँमै 

नौगाड गाउँपालिकाले पहिलो पटक गाउँमै भेटेरिनरी प्रयोगशाला स्थापना गरेको छ । पशुचौपायामा लाग्ने विभिन्न रोग निराकरणका लागि पहिलो पटक भेटेरिनरी प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला सङ्घीय सांसद एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले शुभारम्भ गर्नुभयो । 

प्रयोगशाला स्थापनासँगै सामान्य रोगको परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हटेको छ । पशुचौपायामा देखिने रोग तथा गोबर परीक्षणका लागि धनगढीसम्म जानुपर्ने झन्झट अन्त्य भएको गाउँपालिकाका योजना शाखाप्रमुख नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो । यो क्षेत्रमा अधिकांशले पशुपालन गरेका छन् । पशुपालक कृषकहरुका लागि भेटेरिनरी स्थापनाले सहयोग पुग्नेछ । रासस

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १ : १७ बजे