पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

लिमा।  पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी-प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् ।

कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित  रहेका थिए । 

भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग  पास गराउन ८७ मत आवश्यक थियो। रासस

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ५९ बजे