घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ३३ बजे