वाईसीएलका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

नवलपुर । वाईसीएल नवलपुरका जिल्ला अध्यक्ष प्रवीणराज पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सदरमुकाम कावासोतीमा सोमबार साँझ आयोजित पार्टि प्रवेश कार्यक्रममा वाईसीएल जिल्ला अध्यक्ष पौडेल एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट मुलुकको परिवर्तन सम्भव नभएको एमालेतिर लागेको पौडेलले बताए । उनको अबको मुलुकको परिवर्तनको पुरै नेतृत्वका लागि एमालेको विकल्प नभएको बताए ।

प्रचण्डसँगै युद्ध लडेका सहकर्मीहरु धमाधम उनको साथ छाडेको भन्दै अब मुलुककाे परिवर्तनको लागि आफु एमालेमा रहेर राजनैतिक आन्दोलन अगाडी बढाउने बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : २८ बजे