एमाले प्रति जनताको अभूतपूर्व जागरण उत्पन्न भएको छ:महासचिव पोखरेल

रुपन्देही – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमाले प्रति  जनताको अभूतपूर्व जागरण उत्पन्न भएको बताउनुभएको छ ।

कपिलवस्तुमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीको नेतृत्वको सरकार हुँदा राष्ट्र निर्माण, विकास समृद्धि, स्वाधीनता र स्वाभिमानको पक्षमा जे जति काम भए त्यसले आज जनतामा नेकपा एमाले प्रति अभूतपूर्व जागरण उत्पन्न भएको बताउनुभएको छ  ।

महासचिव पोखरेलले नेपालको विकास र समृद्धिको यात्राको नेतृत्व गर्ने नायकको रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली जनताले हेर्न चाहेको उहाँले बताउनु भएको छ  । उहाँले एमालेले देश र जनताको पक्षमा राम्रो काम गर्दा एमालेको नेतृत्व माथि घेराबन्दी गरेर प्रहार भएको बताउनुभयो । परमादेशबाट बनेको सरकारले एमाले विरुद्ध  मोर्चा बन्दी गरिरहेको समेत उहाँले बताउनुभएको छ ।

आज  बृजेश कुमार गुप्तसँगै  थुप्रै साथीहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । कपिलवस्तु जिल्ला नेकपा एमाले केन्द्रको रूपमा स्थापित भएको छ । कपिलवस्तुको जनताको साथ र सहयोगले नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्नु हुन्छ भन्ने विश्वास राखेको महासचिव पोखरेलले बताउनुभयो ।

'समृद्ध नेपाल सुखी नेपाली' जनताको राष्ट्रिय आकांसा हो  त्यो अध्यक्ष ओलीले नेतृत्व गरिरहनुभएको छ । हामी उहाँको नेतृत्वमा देश बनाउन चाहन्छौ र तराई मधेसको समस्या समाधान गर्न चाहन्छौ  ।

हिजो एमाले र अध्यक्ष केपी ओलीलाई तराई मधेसको विरोधी भन्नेहरूलाई समय क्रमले पुष्टि गर्‍यो तराईको विकासमा ओलीको पहलकदमी कै कारण विकास भएको हो  ।  हुलाकी सडकको काम अघि बढ्न सकेको थिएन तर एमालेको सरकारले आफै जिम्मा लिएर बजेटबाट १३ अर्ब छुट्टाएर बाटोको काम अघि बढाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ' कपिलवस्तुको सदरमुकामको बाटो घाटो जस्तै तराइको सबै सदरमुकाममा यसै गरी सडकका काम अगाडी बढेको  छ । सहरी विकास आयोजना मार्फत तराइका सबै  सदरमुकाममा ५०/५० करोड बजेट छुट्टाएर आज तराई मधेसको मुहार फेरिएको छ त्यो ओलीको कारण हो '।

संविधान कार्यान्वयन गर्न उपेन्द्र यादवलाई सरकारमा ल्याएर तराइमा  विकासको नेतृत्व गर्न अध्यक्ष ओलीले मौका दिनु भयो तर उहाँले काम गर्न सक्नु भएन ।  त्यसपछि महन्त ठाकुरलाई बोलाउनुभयो र तराई मधेसको नागरिकताको समस्या समाधान गर्न अध्यादेश ल्याएको , कार्यकर्ताको मुद्दा फिर्ता गरेको बताउनुभयो ।  अहिले अध्यादेश खारेज गरिएको छ हामी आयौ भने फेरी कानुन बनाउँछौ र तराईको अधिकार सुनिश्चित गर्छौ उहाँले भन्नुभयो ।

'कपिलवस्तुको रूप रङ्ग फेरिनुमा नेकपा एमाले नेतृत्वको सरकारको पालोमा भएको बताउनुभयो । अब राप्ती डाइभर्सनबाट कपिलवस्तुको सिचाइको समस्या समाधान गर्ने छौ' उहाँले भन्नुभयो ।

  

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : २५ बजे