काठमाडौँ । आज देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
६ हजार ३ सय ९ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३ सय १९ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज १ लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ४ : २३ बजे
प्रतिक्रिया