ह्वाईट हाउसका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

वासिङ्टन। अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  

उहाँले आफूलाई सङ्क्रमण भएको पुष्टि भएपनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पार्नु भएको छ ।

“मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,” सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ ।

राष्ट्रपति कार्यालयको यस सम्बन्धी नियम अनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने पनि उहाँले स्पष्ट पानु भएको छ ।   

४४ बर्षिया पिएर्रे यसअघि केही महिना अगाडि पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो । रासस

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : ०८ बजे