‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गोसाईकुण्ड गाउँपालिकाकाे आफ्नै प्रशासनिक भवनमा

रसुवा ।  गोसाईकुण्ड गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेकाे छ । २०७६/०७७ देखि निर्माण सुरु भए पनि भवन निर्माण हालै सम्पन्न भएको हो । 

भवनको सोमबार गाउँपालिकाको केन्द्र स्याफ्रुबेशीमा आयाेजित कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले उद्घाटन गरेका हुन् । 

भवन निर्माणमा तीन करोड बजेट विनियोजन गरिएको थियो । भवन निर्माणकाे जिम्मा ठेक्का भने एक करोड ६९ लाख १९ हजार एक सय ९६ रुपैयाँ ७१ पैसामा परेकाे थियाे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङका अनुसार सुविधासम्पन्न दुई तले भवनमा एउटा हलसहित १३ वटा कोठा छन् । 

प्रशासनिक भवन भुकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री रहेको गाउँपालिकाका अध्यक्ष तामाङले बताए । ‘यो भवन बालमैत्री, अपांगमैत्री छ, अपांगता भएकाहरूलाई माथिल्लो तल्लामा आउनका  लिफ्ट राख्दैछा‌ैं,' उनले भने । 

देशका सात सय ५३ स्थानीय तहमध्ये कम लागतमा सुबिधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने गोसाईकुण्ड गाउँपालिका रहेकाे उनले दावी गरे ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : २३ बजे