दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् ।  

गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजेदेखि चैत १८ गतेसम्म विद्यालयहरू बन्द भएका जनाइएको छ । दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार नै विद्यालय बन्द भएका गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ । उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने सूचारु रहने जनाइएको छ । शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछ ।  सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । रासस

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १२ : ५१ बजे