पूर्व जनमुक्ति सेनाका कमाण्डर र माओवादी विशेष प्रदेश कमिटी सदस्य एमालेमा प्रवेश

काठमाडौँ । पूर्व जनमुक्ति सेनाका कमाण्डर र माओवादी विशेष प्रदेश कमिटी सदस्य नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको छ । 

पूर्व जनमुक्ति सेनाका कमान्डर रञ्जित राना मगर र माओवादी विशेष प्रदेश कमिटी सदस्य शान्ति तितुङ (सुशीला) एमालेमा प्रवेश गर्नु भएको एमाले जिल्ला कमिटी उपसचिव रिता ढकालले जानकारी दिनुभयो । 

उहाँहरूलाई एमाले पोलिट्ब्युरो सदस्य एवम् काभ्रे इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले खादा लगाएर पार्टी स्वागत गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १२ : ०१ बजे