काठमाडौँ । महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश गरेका छन् ।
महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू काँग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर उहाँहरू एमाले प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेहरूमा साम्सी गाउँपालिका अध्यक्ष शेख फारूक, जलेश्वर नगरपालिका उप प्रमुख मुनचुन देवी, रामगोपालपुर नगरपालिकाका वडा नं.३, ४, ८ वडा अध्यक्षहरू क्रमशः जय नारायण मण्डल, कारि कमख्या महतो , रामबिलास महतो, र लोहारपट्टि नगरपालिकाका वडाध्यक्ष रामबाबु यादव रहनुभएको छ ।
उहाँहरूलाई पार्टी अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।
प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ११ : १८ बजे
प्रतिक्रिया