माथिल्लो मनाङमा हिमपात

 दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चितवनमा एक जनाको मृत्यु 

चितवन । चितवनको कालिका नगरपालिका–६ मा हिजो दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

खोले सिमलबाट मिलीजुली चोकतर्फ जाँदै गरेको बा७१प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना३२प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे ठोकिएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका बा७१प ९५९५ नम्बरको मोटरसाइकल चालक चितवनको रत्न नगर नगरपालिका–१२ का १९ वर्षीय प्रवीण परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

दुवै मोटरसाइकलसहित अर्का मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : ५७ बजे