साफ यू–१७ च्याम्पियनसिप आजदेखि

‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर

काठमाडौँ  । चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ ।

चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । 

‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेख्नुभएको हो । गीतको एरेन्ज शिवराम रसाइलीले गर्नुभएको हो । माया प्रेमको गीतमा प्रताप र दीपाको स्वर रहेको छ।

गोल्डेन स्टेट भूमि मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायाङ्कन गर्ने तयारी रहेको छ । 

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताउनुभयो । सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गर्नुभयो। चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ११ बजे