‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नयाँ वर्षमा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने 

भैरहवा । नयाँ वर्षको अवसरमा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । 

'सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नारासहित आर्थिक चलायमानका लागि नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा खाना महोत्सव हुन लागेको हो ।

पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने, यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा यस क्षेत्रको विकासमा सहयोग पुर्‍याउने महोत्सवको उद्देश्यका साथ होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठन, रुपन्देहीले महोत्सव आयोजना गर्न लागेको हो ।

कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न,  स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, पर्यटकहरूलाई सुरक्षित छ भन्ने सन्देश दिन र आन्तरिक र भारतीय पर्यटकलाई मध्यनजर गर्दै महोत्सव गर्न लागिएको छ । 

सङ्गठनका अध्यक्ष पीताम्बर न्यौपानेका अनुसार विगत तीन वर्षदेखि थला परेको पर्यटन व्यवसायमा केही हदसम्म चलायमान बनाउन मद्दत पुर्‍याउने अपेक्षाले एक सय वटा स्टल रहने गरी महोत्सवको तयारी गरिएको छ । अनुमानित २५ लाखको खर्च लागतमा हुने महोत्सव  भैरहवाको मुख्य बजार  उज्यालो चोकदेखि मिलन चोकसम्म राति ३ बजेसम्म हुनेछ । 

चुनौती र अवसरका बाबजुद विभिन्न संस्था, पर्यटन व्यवसायी र विभिन्न निकायको सहकार्य महोत्सव गर्न लागिएको छ  । ५० हजार दर्शक करिब एक करोडको कारोबार हुने अपेक्षा सङ्गठनले राखेको निवर्तमान अध्यक्ष गणेश बेलबासेले बताउनुभयो । 

कार्यक्रममा खानाका विभिन्न परिकार सहित स्थानीय खाना, स्थानीय कला संस्कृति, स्थानीय कल्चर नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहित भव्य सांस्कृतिक कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ५७ बजे