आगलागी हुँदा उदयपुरगढीमा एक जनाको मृत्यु, ७ घर जलेर नष्ट 

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । 

आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासि आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो ।

आगलागीबाट भैरवबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घर गोठ जलेर नष्ट भएको छ । 

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुँगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयवासी डण्डीकेशर मगरले जानकारी दिनुभयो आगलागीबाट अन्नपात, लत्ताकपडा सबै जलेका छन् ।

 

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ४९ बजे