नेकपा एमाले बर्दीबासद्वारा वडा अध्यक्षका लागि नाम सिफारिस

​​​​​​​बर्दीबास – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले चैत मसान्तसम्म उम्मेद्वार सिफारिस गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिए लगत्तै देशका विभिन्न ठाउँमा उम्मेद्वार सिफारिस हुन थालेका छन् ।

 यसक्रममा आज बर्दीबास नगर कमिटीले एक कार्यक्रमको आयोजना गरेर नै सबै वडा कमिटीहरुले वडा अध्यक्षका लागि सिफारिस भएका नामहरु सार्वजनिक गरेको छ । एमाले केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले बर्दीबासमा आयोजित कार्यक्रममा वडाहरुले सिफारिस गरेका नामहरु सावर्जनिक गर्नुभएको छ ।

 वडा नं १

वडा नं १ बाट पाँचजनाको नाम सिफारिस गरिएको छ । जसमा हरी बहादुर खड्का, ज्ञानप्रसाद गौतम, छविलाल भट्टराई, माया रिसाल र दिलबहादुर किङरिङ रहेका छन् ।

वडा नं २

यस्तै वडा नं २ बाट देवनारायण महतो, तारानाथ आचार्य, सम्झना शर्मा, नारायणप्रसाद खनाल, चम्पा मिरिङचिङ,छत्र भूजेल रहेका छन् ।

वडा नं ३

वडा नं ३ बाट बुद्धबहादुर तामाङ,पुनमबहादुर आले, कुम्भबहादुर थापा, जगत कुँवर, डोमा विष्ट, ललित बुढाथोकी र ताराबहादुर पुलामी रहेका छन् ।

वडा नं ४

वडा नं ४ बाट झिल्ली प्रसाद पोखरेल, राजन तिमलसिना, विष्णु बहादुर याक्चे, इन्द्र बहादुर मसराङी मगर र कृष्ण थापा रहेका छन् ।

वडा नं. ५

वडा नं ५ बाट ज्ञान प्रसाद आचार्य,  निरज थापा, काहार मान श्याङवा गणेश बहादुर बल रहेका छन् ।

वडा नं. ६

वडा न‌‌ ६ बाट कविराज थापा, चित्रबहादुर बोगटी, रोम कुमारी निरौला, इन्द्रबहादुर शाही, निल बहादुर लुम्रे रहेका छन् ।

वडा नं. ७

वडा नं ७ बाट भिमबहादुर सुसालिङ, शम्भु महतो, धन सिङ क्याप्छाकी, सोमन शाहा सोनार, मन माया परियार रहेका छन् ।

वडा नं ८

उद्धव प्रसाद खतिवडा, चोक बहादुर भुजेल, सितादेवी घिमिरे, विन्दु किङरिङ, थम्ब सिङ थापा रहेका छन् ।

वडा नं ९

वडा नं ९ बाट महेन्द्र महतो, रामचन्द्र थापा मगर, दिपिया देवी महतो, ब्रम्ह देव महतो, रामचन्द्र महतो, मदै महरा रहेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ३ : ५३ बजे