विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल र थाइल्याण्डको चोनबरी भिड्ने

काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

    नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ । एएफसी एसियन कप छनोेटको तयारीमा रहेको नेपालले थप तयारीका लागि थाइल्याण्डको टोलीसँग खेल्न लागेको हो । नेपालले यसअघि थाइल्याण्डसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा नेपाल २–० ले गोलअन्तरले पराजित भएको थियो । एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ ।

     नेपालको समूहमा कुबेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहका छनोट खेल कुबेतमा आयोजना हुनेछ । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ । रासस

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : ५९ बजे