वाइसिएल ओखलढुङ्गाका जिल्ला संयोजक एमालेमा प्रवेश

ओखलढुङ्गा । नेकपा (माओवादी) केन्द्र निकट युवा सङ्गठन वाइसिएल ओखलढुङ्गाका जिल्ला संयोजक एमालेमा प्रवेश गर्नुभएको छ । 

माओवादीका जिल्ला सदस्य समेत रहनुभएका सुवास खड्का (उद्धव) एमालेमा प्रवेश गर्नुभएको हो । 

एमाले जिल्ला कार्यालयमा आयोजित एक कार्यक्रमका बीच खड्कासहित वाइसिएल जिल्ला नेता सुजन कटुवाललगायतका  माओवादी युवाहरू एमालेमा प्रवेश गर्नुभएको हो । 

उहाँहरूलाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शङ्कर कटुवाल लगायतले स्वागत गर्नुहुँदै क्षमता अनुसार जिम्मेवारी दिइने बताउनुभयो । 

माओवादीले जनताको पक्षमा काम नगर्न नसकेको र कार्यकर्तामाझ एउटा र व्यवहारमा अर्को काम गरेका कारण आफूहरू एमालेमा प्रवेश गरेको खड्काले बताउनुभयो । उहाँले एमालेमा रहेर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ४८ बजे