राष्ट्रपति भण्डारीसँग चीनका विदेश मन्त्री वाङको शिष्टाचार भेट

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको तीन दिने भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का सदस्य एवम् विदेश मन्त्री वाङ यीले आज शिष्टाचार भेट गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ । 

​​​​​​​

विदेश मन्त्री वाङले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । 

 

​​​​​​​​​​​​​​​​​​​​​

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १० : ३५ बजे