चिनियाँ विदेश मन्त्री वाङले ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । 

अध्यक्ष ओलीले बिहान ११ः१० बजे विदेश मन्त्री वाङसँग होटल मेरियटमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ  । उहाँहरुबीच नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुने बताइएको छ । 

एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश मन्त्री वाङसँग भेटवार्ता गर्नुहुने भएको छ। 

भेटवार्ता बिहान ११ः४५ बजे हुँदै छ । उहाँले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल हुने  कार्यक्रम रहेको छ  । 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ५५ बजे