नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।  

चैत १० गते सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रूप दिन स्थायी कमिटी बैठक बस्न लागेको हो  ।

महाराजगन्जस्थित रोयल दरबार एन्ड भेन्युमा अपराह्न ३ः०० बजे स्थायी कमिटी बैठक बस्न लागेको प्रचार विभागको उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ । 

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ३६ बजे