लागूऔषध अफिमसहित महिला पक्राउ

वीरगञ्ज। अवैध लागूऔषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रीनादेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित पक्राउ गरिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले जानकारी दिनुभयो  ।

पक्राउ परेका महिलालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पनि उहाँले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ४ : २४ बजे