कमजोर नआँकौँ, एमाले अझै धेरै बलियो छ  : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुट्यो र कमजोर भएको छ भनेर मख्ख नपर्न आग्रह गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा काग्रेंस सभापति समेत रहनुभएका देउवाले गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति आक्रोश पोख्दै एमाले झन् झन् बलियो भएको बताउनुभयो । 

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाने चुनावमा लड्ने खालको नभएको भन्दै गठबन्धन नगरे उनी जोसँग पनि मिल्न सक्ने बताउनुभयो । माओवादीलाई गठबन्धन गरेर नलाने हो प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने त्रास रहेको देउवाको भनाई थियो । सभापति देउवाले भन्नुभयो,‘गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ,केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? ऊ मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले ।’

कार्यक्रममा नेता शेखर कोइरालाले  भने  गठबन्धन गर्दा कांग्रेस आइको अवस्थामा पुग्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले कांग्रेस आफै मिले चुनाव जितिने भन्दै कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको बताउनुभयो । 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ५२ बजे