आत्मनिर्भर अर्थतन्त्र बनाउन उद्योग व्यवसायको आधुनिकिकरण आवश्यक : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।  देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा मात्र देशमा आत्मनिर्भर अर्थतन्त्र हुने उहाँले बताउनुभउयो ।  

पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्ओर्नुहुँदै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राख्नुभयो ।  

‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उहाँले भन्नुभयो, ‘उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्‍यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्‍यो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका  ओलीले विकास पनि आधुनिकीकरण भएको बताउनुभयो । उहँले त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा  जोड दिनुभयो । 

उहाँले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र आयात प्रतिस्थापन नहुने बताउनुभयो  । 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : २२ बजे