‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उपत्यकाका विद्यालय शुक्रबारसम्मलाई बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणको कारणले भोलिदेखि शुक्रबारसम्मलाई स्कुल बन्द र यातायात जोरबिजोर चलाउने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभयो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपीसँग परामर्श गर्नुभएको थियो । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताउनुभएको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाश बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढेको हो ।

स्थिर रहेको वायुमण्डल आगामी दुई/तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ०१ बजे