७८ किलो गाँजा बरामद

सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोसी नदीको नहर नजिकबाट आज लागूऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नं ६ गण हेडक्वार्टर, विष्णुपुर–६ का गणपति प्रदीप खड्काको नेतृत्वको टोलीले नहर नजिक रहेको झाडीबाट ७८ किलो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प भारदहका अनुसार प्रहरीलाई देखेपछि गाँजाको पोका पारेको बोराहरु बेवारिसे अवस्थामा छाडेर तस्करहरु फरार भएका छन् । बरामद गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइने छ । रासस

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १ : ४३ बजे