माथिल्लो मनाङमा हिमपात

लागुऔषधसहित एक पक्राउ

वीरगञ्ज।  बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन् । 

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना७ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन एक हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको थियो । 

पक्राउ परेका मङ्गललाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी  कार्यालयले  जनाएको  छ  । 

महिलालाई एसिड प्रहार गर्ने दुई पक्राउ

महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले  दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा  महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ । 
  
उमेश साहकी २८ वर्षीया श्रीमती सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए । रासस

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ४८ बजे