विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल टस जितेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस  जितेर पहिले ब्याटिङ रोजेको  छ । पीएनजीलाई सुरुवातमा बलिङ निम्तो दिएको छ ।

शुक्रवार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो । 

पीएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो ।  मध्य क्रमका ब्याटर रोहित पौडेलले १२६ रन सहित टोलीलाई जितनजिक पर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन । 

हालै युएईमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पीएनजीलाई दुवै खेलमा हराएको थियो । आज दोस्रो खेलमा पीएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ । 

यो शृंखलालगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृङ्खला आयोजना आयोजना गर्दैछ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : १५ बजे