खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ जना

कपिलवस्तु – कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रवार साँझ भएको दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताएका छन् । 

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं. ९ का आकृति खनाल रहेका छन् । यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा  क्षेत्री, बाणगंगा नगरपालिका वडा नं. ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं.८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं. ९ का कृष्ण घर्ती मगर रहेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ९ : ०० बजे