काँग्रेस प्रदेश सभापतिको ठोकुवा :  गठबन्धन गरे धेरै जिल्लामा काँग्रेस निल हुन्छ 

काठमाडौं । नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जान नहुने तर्क गरेका छन् । 

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कमिटीको बैठकमा प्रदेश सभापतिहरूले गठबन्धन गरेर निर्वाचनमा गए काग्रेंसको हालत भारतमा काँग्रेस आईले भागेको झै हुने बताए ।  

बैठकमा गण्डक प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति  अम्बर पुन, कर्णाली प्रदेश सभापति ललित बहादुर शाहीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताउनुभयो । 
गठबन्धन गर्नै परे स्थानीय आवश्यकता अनुसार मात्र गर्नु पर्ने उनीहरुको जोड छ ।   कर्णाली प्रदेशका सभापति शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा काँग्रेस निल हुने ठोकुवा गरे । 

नेकपा माओवादी केन्द्रले ज–जसले जहाँ जितेको हो त्यो ठाउँमा आफूसँगै राखेर नेकपा एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ । यस्तो गर्दा कर्णालीका धेरै जिल्लामा काँग्रेस निल हुने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : १२ बजे