सुनको मूल्यमा नयाँ कीर्तिमान

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको गत फागुन २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा उपमहानगरपालिका-४ बाट पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०७७ मंसिर २२ गतेको फैसलाले सोही मुद्दामा थापालाई १ करोड २५ लाख रुपैयाँ विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : ५९ बजे